• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ९. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • १०. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

यस कारण असफल भए निर्मला पन्तका बलात्कारी र हत्यारा खोज्न : बल्ल खुल्यो रहस्या

नेपाल प्रहरीले भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिको खोजी गर्न सक्ने सम्भावना प्रतिदिन क्षीण हुँदै गइरहेको छ ।

बलात्कारी र हत्यारा खोज्न असफल हुने देखिएपछि प्रहरीको उच्च नेतृत्वले घटनाका बेला जिम्मेवारीमा रहेका प्रहरी अधिकारी र अनुसन्धानमा संलग्न प्रहरीमाथि भने कडा कारबाही गर्ने तयारी गरेको छ । नेपाल प्रहरीको उच्च नेतृत्वले निर्मला हत्याकाण्डमा संलग्न अपराधीको खोजी गर्न औपचारिक र अनौपचारिक टोलीहरु खटाए पनि ती टोलीले घटनाको भेउसमेत पाउन नसकेका प्रहरी स्रोतको कथन छ । औपचारिक रुपमा अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी र प्रहरी प्रधान कार्यालयबाट घोषित अघोषित रुपमा खटाइएका अन्य टोली सबै रनभुल्लमा परेको अवस्था आएको सो स्रोतको ठम्याई छ । औपचारिक अनुसन्धानका लागि तोकिएका अनुसन्धान अधिकृत डिएसपी कृष्ण ओझाले सञ्चारमाध्यमलाई अनुसन्धान चलिरहेको जवाफ दिने गरेका भए पनि उनले घटना सम्बन्धमा कुनै नयाँ तथ्य फेला पार्न सकिरहेका छैनन् ।

प्रधान कार्यालयले खटाएकी एसपी दुर्गा सिंह चन्दले पनि हत्यारासम्म पुग्ने सूत्र नपाएको जानकारी प्राप्त भएको छ । वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउन चाहिने कुनै प्रमाण बाँकी नरहेका कारण प्रहरीले जनमतलाई आफ्नो पक्षमा पार्न बलात्कारी–हत्यारा पत्ता लगाउने भन्दा अनुसन्धानमा संलग्न प्रहरीलाई कारबाही गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको छ । निर्मलाको भजाइनल स्वाबमा बलात्कारीको डिएनए नै नपाइएको पनि संकेत प्राप्त भएको छ । बलात्कारीको डिएनए पाइए– नपाइएको बारेमा मानसखण्डले सोधेको प्रश्नमा अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले उत्तर दिन मानेनन् । यो प्रश्नको उत्तरले अनुसन्धानमा कुनै असर नपार्ने भए पनि एआइजी बस्न्यातले मुख खोलेनन् । बलात्कारीको डिएनए सुरक्षित नभएकै कारण प्रहरीले संदिग्घहरुको डिएनए परीक्षण गर्ने क्रम रोकेको बुझिएको छ । यसअघि प्रहरीले एसपी डिल्लीराज विष्ट समेत पाँचजनाको डिएनए परीक्षण गरेको थियो ।

त्यो जनआक्रोश शान्त पार्न प्रहरीले मञ्चन गरेको नाटक मात्रै भएको आशंका गरिएको छ । निर्मलाको स्वाबमा बलात्कारीको डिएनए भेटिएको भए प्रहरीले अन्य संदिग्घलाई पनि डिएनए परीक्षणको घेरामा तान्ने थियो । तर, अहिले प्रहरीका उच्च अधिकृतहरु स्वाब र त्यसमा पाइएको डिएनए बारे ठोस रुपमा बोल्न चाहदैनन । यसबाट केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको स्वाबमा बलात्कारीको डिएनए नपाइएको संकेत प्राप्त भएको हो । नयाँ तथ्य फेला पार्न नसकेका प्रहरी अनुसन्धानकर्ताहरु शव पाइएको स्थल उखुबारीमैं निर्मलाको बलात्कार र हत्या भएको निष्कर्षमा पुग्न थालेका देखिएको छ । शव पाइएको अघिल्लो दिन अर्थात् साउन १० मा घटनास्थल नजिकै दिउँसो करिब चार बजे निर्मलाको साइकल देखिएको भन्दै उनीहरु त्यस्तो निष्कर्ष दिन थालेको बताइएको छ । तर, उनीहरुले नभिजेका निर्मलाका कापीकिताब र पोष्टमार्टम रिपोर्टअनुसार निर्मलाको फोक्सोमा माटो र पानी नभेटिएको तथ्यतर्फ भने ध्यान दिइरहेको छैनन् । निर्मलाको बलात्कार र हत्या उखुबारीमैं भएको सावित गर्न केही अनलाइनमार्फत् समाचार प्रकाशन पनि गरिएका छन् ।

प्रहरीको गुटबन्दीमा सामेल पत्रकारहरुले आफू आवद्ध अनलाइनमा त्यस आशयका समाचार पनि लेखिरहेका छन् । निर्मला हत्याकाण्डको प्रारम्भिक अनुसन्धानमैं त्रुटी गरेको आरोपमा निलम्बित एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज जगदिश भट्टलाई प्रहरी प्रधान कार्यालयले वर्खास्त गर्न सिफारिस गरिसकेको छ । उनीहरुलाई गृहसचिवले केही दिनभित्रै वखाृस्त गर्ने सम्भावना छ ।विष्ट र भट्टबाहेकका निलम्बित प्रहरीलाई पनि वर्खास्त गर्न एआइजी धिरु बस्न्यातको छानविन समितिले सिफारिस गरेको जानकारी प्राप्त भएको छ । सिफारिस अनुसार अन्य प्रहरी पनि वर्खास्त हुने सम्भावना देखिएको छ ।

लालीगुरास बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.