लागुऔषध सहित नियन्त्रणमा, ठगी गर्ने लाई यसरि समात्यो प्रहरी ले
जानकारी केन्द्र
२०७५, मंसिर, ५
काठमाडौं ,
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डौ चन्द्रागिरी नगरपालीका २ नागढुंगा चेकपोष्टमा धनगढीबाट काठमाण्डौ आउदै गरेको ना.६ ख ७९०० नम्बरको बसमा सवार जिल्ला धादिङ घर भएको वर्ष २० को बुद्धि तामाङ र जिल्ला कञ्चनपुर घर भएको वर्ष १९ को बिजय कुवँरको साथबाट नाइट्रोजेपाम ३३२ एम्पुल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तै गरेर ठगी मुद्दाका फरार प्रतिबादी पक्राउ :ठगी मुद्दाका फरार प्रतिबादी भक्तपुर सिपाडोलका सरोज तामाङलाई प्रहरीले सोमबार बेलुका काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको छ । भक्तपुर जिल्ला अदालतको मिति २०७२ साल बैशाख ६ गतेको फैसलाले तामाङलाई५ लाख २५ हजार रूपैयाँ जरीवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनकोलागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा निजलाई कैद भुक्तानको लागि मंगलबारकारागार कार्यालय डिल्लीबजारमा पठाईएको छ नेपाल प्रहरी ले बताएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

