लागुऔषध सहित नियन्त्रणमा, ठगी गर्ने लाई यसरि समात्यो प्रहरी ले
काठमाडौं ,
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डौ चन्द्रागिरी नगरपालीका २ नागढुंगा चेकपोष्टमा धनगढीबाट काठमाण्डौ आउदै गरेको ना.६ ख ७९०० नम्बरको बसमा सवार जिल्ला धादिङ घर भएको वर्ष २० को बुद्धि तामाङ र जिल्ला कञ्चनपुर घर भएको वर्ष १९ को बिजय कुवँरको साथबाट नाइट्रोजेपाम ३३२ एम्पुल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तै गरेर ठगी मुद्दाका फरार प्रतिबादी पक्राउ :ठगी मुद्दाका फरार प्रतिबादी भक्तपुर सिपाडोलका सरोज तामाङलाई प्रहरीले सोमबार बेलुका काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको छ । भक्तपुर जिल्ला अदालतको मिति २०७२ साल बैशाख ६ गतेको फैसलाले तामाङलाई५ लाख २५ हजार रूपैयाँ जरीवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनकोलागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा निजलाई कैद भुक्तानको लागि मंगलबारकारागार कार्यालय डिल्लीबजारमा पठाईएको छ नेपाल प्रहरी ले बताएको छ