Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, १७
फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

क्यालिफोर्निया | साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् ।

अमेरिका स्थित सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने तिवारी नवलपरासीका हुन् ।

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए ।

परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन् ।

ठट्टा सोच्दासोच्दै सत्य भयो । उनका साथीले भने ।

तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे ।

अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो, उनका एक साथीले भने, जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम-गरम भन्थ्यो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Top Changing Nepal

युट्युब सट्स