साव इन्टरनेशनल म्यानपावरमा छापा, लाखौँ अशुली गर्दैगर्दा निर्देशक पक्राउ
बैदेशिक रोजगार विभागको अनुगमन टोलीले बन्सुन्धरा स्थित साव इन्टर्नेशनल ह्युमन रिसोर्सका प्रवन्ध निर्देशक गणेश बहादुर पतेनीभाटलाई नगद ३ लाख ३५ हजार लिंदा लिंदै समातेको छ । पक्राउ परेका गणेशलाई अनुसन्धानका लागि बैदेशिक रोजगार विभाग लगिएको छ । युएइको अल जाफेर कम्पनीमा पीएसबिडी सेक्युरिटी गार्डको लागि पठाउने भन्दै तनहुँका कृष्ण सुवेदीबाट ३ लाख ३५ हजार रकम लिंदालिंदै विभाग टोली उनलाई समातेको हो । म्यानपावर कम्पनीले दुवईको लागि भन्दै प्रति कामदार ४ लाख ९० हजारसम्म लिईरहेको सूचना शुक्रबार श्रम मन्त्रलायमा पुगेपछि विभाग टोलीले आइतबार म्यानपावर कम्पनीमा छापा हानेको हो ।
विभाग टोली म्यानपावर कम्पनी पुग्दा जम्मा ४ लाख ८० हजार माग गरिएपनि सुवेदीले ३ लाख ३५ हजार बुझाउँदै थिए । जम्मा ४ लाख ८० हजार माग गरिएको बताउँदै उनले यस अघि ४५ हजार बुझाइसकेको साझा सवाललाई जानकारी दिए । विभाग टोलीले म्यानपावर कम्पनीका पछिल्ला श्रम स्वीकृतिका सम्पूर्ण फाइल, कामदारबाट रकम लिएका विल लगायत आवश्यक सबै विवरण जफत गरेको छ । म्यानपावर कम्पनीले आज उडाउन लागेका अन्य व्यक्तिहरुबाट पनि प्रति व्यक्ति ४ लाख ९० हजार लिएको बताएका छन् ।
घरबाट दुवई जाने तयारी सहित कामदारहरु म्यानपावर कम्पनीमा जम्मा भएका थिए । विभागले म्यानपावर कम्पनीको कारोबार रोक्का गरि अनुसन्धान शुरु गरेको छ । बैदेशिक रोजगार बिभागले उक्त म्यानपावर कम्पनीबाट भिषा आईसकेको र उडान गर्न बाँकी रहेका कामदारहरुलाई तिरिएको बढी रकम फिर्ता सहित सरकारले तोकेकै रकममा उडाउने जनाएको छ ।
तीन बर्ष अघि सरकारले खाडीका ६ राष्ट्र सहित मलेसिया जाँदा कामदारले १० हजारभन्दा बढी शुल्क तिर्नु नपर्ने नीति लिएपनि म्यानपावर कम्पनीहरुले चर्को अशुली गर्न छाडेका छैनन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
