तीन गैडा मध्ये एउटा गैडा सुस्ता भुमि फर्काउन सफल सुस्ताबासी ।
जानकारी केन्द्र
२०७५, पुष, १
रबिन्द्र यादव/ नवलपरासी पश्चिम
१ पुस
साउनको बाढीमा नारायणी नदिमा बगेर भारतिय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा मध्ये एउटा गैडा सुस्ताबासीले शनिवार सुस्ता भुमिमा फर्काउन सफल भएका छन । अलपत्र अबस्थामा तीन वटै गैडा मध्ये एउटा गैडा विवादित १४ हजार ५ सय हेक्टर भुमि नजिकको जंगलमा थियोे । भारतको सुस्ता जंगलमा पुगेका गैंडा फर्काउने पटकपटक प्रयास गरिए पनि भारतीय सुरक्षाकर्मी एसएसबी र बन कर्मचारीले अवरोध गर्दै आईरहेका थिए । गैडा लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाईएको छ । भारतले आफ्नो बन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि ६ जना कर्मचारी राखेको नेपाल तर्फ आउन रोक लगाएको सुस्ताका स्थानियहरुले बताएका छन् । अहिले नेपाल बाट बगेर भारत पुगेका ३ वटा गैंडाहरु मध्ये १ वटा गैंडा पोथी हो जसलाई सुस्ताका युवाहरु लुकीलुकी भारतीय जंगल भित्र पसेर गुलेली हान्दै नेपालको सुस्ता भुमी फर्काउन सफल भएको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले बताएका छन् । अहिले भने २ वटा गैडा विहारको सिर्सिया जंगलमा रहेका छन् ।
गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको टोली सुस्ता पुगेको छ । टोलीले गैंडा फर्काउनका लागि भारतिय बन कर्मचारीहरु संग पहल गर्दा केन्द्रबाट स्विकृति लिएर आउनु भनेर कर्मचारीले गैंडा फिर्ता ल्याउन रोकेको सुस्ता बचाउ अभियानका अाजम खाले बताए । खाका अनुसार बन विभाग कर्मचारीको गैर जिम्वारीपुर्ण व्यवहारले गर्दा समस्या भएको बताए । चितवन राष्ट्रिय निकुञ्जमा गैडा नेपाल भुमिमा अाएको र यसलाई बेहोस गरेर उक्त निकुञ्जमा फिर्ता लैजान जानकारी गराउदा पनि टोली अहिलेसम्म सम्म सुस्ता नपुगेको स्थानीयको गुनासो छ । निकुञ्जका संरक्षक अधिकृत गोपाल बहादुर घिमिरेका अनुसार अहिले अन्दाजी २०/२५ बर्षको पोथी गैडा स्थानीय किसान अयोध्या केवटको उखुबारीमा रहेको छ । घिमिरेले गैडाको अायु ४० देखि ५० बर्षको हुन्छ जानकारी समेत दिए । उक्त गैडालाई सुस्ताको युवाहरु उखुबारीलाई घेराबन्दी गरि रेखदेख गरि रहेका छन् ।
हात्ति सहितको टोली सुस्तामै रहेको छ । चितवनबाट अनुगमनका लागि टोली अाउन भनिएको भएपनि अहिलेसम्म सुस्ता अाएको छैन । गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको शसस्त्र, जनपद प्रहरी र स्थानीय युवाहरु दिनरात खटिरहेका छन । नेपाल सरकारले चिनलाई २ गैडा उपहार दिएपछि भारतले अलि चिढिएको सरोकारवालाहरुले बताउँछन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
