निर्मल शर्मा र कमलकान्त मैनालीको चुरीफुरी यसरि आउदै छ, हेर्नुहोश भिडियो सहित
काठमाडौं- चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशन तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज ‘चुरीफुरी डटकम’ को ट्रेलर सार्वजनिक भएको छ।गजित बिष्ट, रजनी केसी, केशव भट्टराई, कमलकान्त मैनाली, शिवहरि आचार्य, प्रमोद पौडेल, निर्मल शर्मालगायतका कलाकारको अभिनय ट्रेलरमा हेर्न सकिन्छ।
शान्तिप्रियको शब्दमा लोकप्रिय वरिष्ठ सङ्गीतकार शम्भूजित बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन्। सङ्गीतकार बास्कोटालाई पनि ट्रेलरमा देख्न सकिन्छ। यस्तै राजु केसीको छायाङ्कन तथा बिजिबीका गौतमराज खड्काले सम्पादन गरेका छन्।रमाईलो वेब सिरिज ‘चुरीफुरी डटकम’ नव वर्ष सन् २०१९ को जनवरी देखि यु ट्युवको ‘बोध एचडी’ च्यानलमा हेर्न सकिने निर्माण युनिटले जानकारी दिएको छ।
बोध एचडीले हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप एसएमए इन टाइमलगायतका कमेडी पनि प्रशारण गर्दै आएको छ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

