Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

रहेनन “घाँस काट्ने खुर्केर…पिँढीमा बसेर .. लगायायत” चर्चित गित गाउने गायक बुद्धिकृष्ण लामिछाने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, पुष, १३
रहेनन  “घाँस काट्ने खुर्केर…पिँढीमा बसेर .. लगायायत” चर्चित गित गाउने  गायक बुद्धिकृष्ण लामिछाने

काठमाडौं–  लोक गायक बुद्धिकृष्ण लामिछानेको  निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । उनको उपचारमा सहयोग गरिरहेको विनयजंग बस्नेतले लामिछानेको शुक्रबार निधन भएको पुष्टि गरे ।

सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेको शव श्रद्धाञ्जलीका लागि ४ घण्टा घरमा राखेर आजै अन्तयेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । 

लामिछानेका २ छोरा रहेका छन् । उनले वि.सं २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए ।स्व.लमिछानेका घाँसै काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका लोकगीतहरु चर्चित छन् ।

स्रोतरातो पाटि

Top Changing Nepal

युट्युब सट्स