स्कुलबाट हराएका तीन बालिका बुटवलमा भेटिए
पुस १० गतेदेखि स्कुलबाट एकसाथ बेपत्ता भएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन् । बालिकाहरुलाई आइतबार बुटवल बसपार्कमा प्रहरीले फेला पारेको हो ।
स्कुलको हाफटाइममा निस्किएका किशोरी घर नफर्के पछी परिवारले खोजीका लागि प्रहरीलाई निवेदन दिएका थिए । उनीहरुलाई सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । यसैक्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तीनैजनालाई आज (आइतबार) बिहान बुटवल बसपार्कमा फेला पारेको हो ।
बालिकाहरुको साथमा एकजना अपरिचित व्यक्ति पनि थिए । बुटवल प्रहरीले भेटिएका बालिकाहरु र साथमा रहेका व्यक्तिलाई सुर्खेत पठाउने तयारी गरिरहेको छ ।
सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पर्दै गरेका खानिखोलाका १४ वर्षीया बालिका निशा सिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२वर्षीया रिचिमा खत्री सँगै बेपत्ता भएका थिए। यमुना र निशा कक्षा ९ मा छात्ता हुन् भने, रिचिमा कक्षा ७ की छात्रा हुन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
