भारतीय बदेल सहित दुई जना पक्राउ ।
रबिन्द्र यादव/ नवलपरासी पश्चिम
२१ पुस
नवलपरासीमा भारतीय बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित गण्डक नदिको बैदैली पुलमा शनिवार बिहान करिब ५ बजे भारतीय नाका रेगंहिया बाट अवैध भन्सार छलेर भारतीय प्लेट नं युपी ५३ बिटी ७९३१ पिकप गाडीमा लोड गरेर ल्याउदै गरेको सुराकीको अाधारमा चेकजाँचको क्रममा गुठी परसौनी प्रहरीको गस्ती टोलीले उक्त बदेलहरु पक्राउ परेका हुन ।
गुठी परसौनी चौकीका असइ घनश्याम रिमालका अनुसार ९ वटा बँदेल मध्ये २ वटा जंगली र ७ वटा क्रसिङ्ग बँदेल रहेका छन् । यी बदेलहरु भारत जिल्ला महाराजगंज फरेन्दाको जोगिया बारि जंगल बाट ल्याइएको प्रहरीले बताएको छ । नेपालको कुन ठाउँमा यी बदेलहरु जादै थिए भने पता लगाउन प्रहरी अनुसन्धान गरि रहेको छ ।

बदेल सहितको गाडी र दुई भारतीय नागरिक समेत लाई इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाएको रिमालले बताए । उता जिल्ला प्रहरीका प्रवक्ता विरेन्द्र थापाले जिल्ला बन कार्यालय संग समन्वय गरेर अावश्यक प्रक्रिया अगाडि बढाइने बताएका हुन । नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर अबैध चोरी निकासी बढि रहेको जन गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
