गायक लक्ष्मण चापागाईँको नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक
रबिन्द्र यादव नवलपरासी पश्चिम , २४ पुष ।
गायक लक्ष्मण चापागाईँले नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीमा हिँडेको युवकले बफ्नी श्रीमतीसँग गरेका सम्वाद र साटेका अनुभूतिलाई ‘चिल गाडी’ गीतले समेटेको छ। हुर्केका छोराछोरीको लालनपालनको जोहो र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न ठिक्क परेको युवाको कथा गीतमा छ।
हवाईजहाज चढेर विदेश हिँड्ने तयारीमा रहेको नेपाली युवकको अनिश्यचलाई ‘चिल गाडी’ को विम्बबाट सजीव रुपमा उतारिएको छ। आफ्नै शब्द तथा संगीत रहेको रत्यौली भाकाको यो गीतमा चापागाईँलाई स्वरमा विमला गैरेले साथ दिएकी छन्।
रत्यौली मूलतः बिहेका दिन बेहुली लिएर जन्ती नफर्किउन्जेल बेहुलाको घरमा महिलाहरूले मनोरञ्जनका लागि गाउने गीतिभाका हो। सजिना लामिछाने, रुपक लुइटेल, रबिना भण्डारी, मनिसा ढकाल र बालकलाकार पलपल चापागाईँको अभिनय रहेको गीतको भिडियोको निर्देशन शिभन पोखरेलले गरेका छन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
