बाबुरामको आरोप : वाइडबडी खरिद अनियमितामा ठूला नेताको संलग्नता छ
काठमाडौं, २ माघ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वाइडबडी जहा खरिद प्रक्रियामा मुख्य दलका ठूला नेता संलग्न रहेको दाबी गरेका छन् ।
बुधबार पार्टीको संसदीय मामिला तथा राज्य व्यवस्था विभाग र नेपाल पर्यटन परिषदले वाइडबडी विमान प्रकरणबारे गरिएको अन्तरक्रियामा बोल्दै डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले ठूला दलका नेताहरु मिलेर नै विमान खरिद प्रक्रियामा अनियमिता गरेको आरोप लगाए ।
उनले भने,‘हामीले बैंकमा ऋण लिन जाँदा त कम्पनी कति पुरानो छ भनेर हेर्छ भने १ डलरमा स्थापना भएको बिचौलिया कम्पनीमार्फत अर्बौँ अर्ब २५ अर्ब रुपैयाको कारोबार गर्न मिल्छ ? सिधै खरिद गर्नका लागि एयर बसले बेच्छ भने बीचमा अर्को कम्पनी किन चाहियो ? बिचौलिया कम्पनी खरिद गर्नु, नयाँ जहाज किन्न प्रावधान मिच्नु भनेकै त्यो भ्रष्टाचार हो । त्यसमा कति पनि दुविधा छदै छैन ।’
भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच यो प्रकरणलाई ढाकछोप गर्न बालुवाटारमा सहमतिसमेत भएको आरोप लगाए ।
कार्यक्रममा सार्वजनिक लेखा समिति अन्र्तगर्तको छानविन उपसमितिका सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले लेखा समितिले नै बदमासी गरेर प्रतिबेदन फेरबदल गरेको आरोप लगाए ।
सांसद यादवले डा.भट्टराईले वाइडबडी विमान प्रकरण विरुद्ध गर्न लागेको काममा साथ दिने उल्लेख समेत गरे ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


