प्राधिकरणले बढाएको भाडा दर तिर्न नसकिने भनाई
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मनोमानी रुपमा पोल चार्जबापत ५ सय प्रतिशत रकम बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक संघ(आइएसपान)ले सो मूल्य नतिर्ने चेतावनी दिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आइएसपानले विद्युत प्राधिकरणको उक्त निर्णय गैर जिम्मेवार रहेको र ब्रोण्ड ब्याण्ड नीतिविपरीत रहेको दाबी गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै आएसपानका अध्यक्ष भोजराज भट्टले भने, ‘ पोलमा विद्युतप्राधिकणले ५ सय प्रतिशत मनोमानी रुपमा बढाएर हामीमाथि अन्याय गरेको छ। यो एकदमै गैर जिम्मेवारी कदम हो। हामी यसलाई जोडदार रुपमा विरोध गर्छौ र मूल्य नतिर्ने निर्णयमा पुगेका छौ।’
उनले सरकारोकारवाला निकाय दूर सञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय र आइएसपानका पदाधिकारीसहितको उच्चस्तरीय छानबिन समिति मार्पत मूल्यको मापदण्ड तय गर्नु पर्ने बताए। उनले भने,’ प्रतातान्तिक मुलुकमा कुनै पनि चीजमा भाडा बढाउँदा २० प्रतिशत बढाउन पाइन्छ तर सम्बन्धित निकायलाई खबरै नगरीकन ५ सय प्रतिशत मूल्य बढाउनु सरासर गैरजिम्मेवार र अन्यायपूर्ण तरिका हो।’
यस्तै केवल महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले प्रविधिको क्षेत्रमा केवल टिभी र आइएसपान गरी करीब २५ हजार नेपालीलाई रोजगारी दिएको र सकारलाई प्रतिवर्ष ३ अर्ब रुपैयाँ कर बुँझाउँदै आएको दाबी गरे। उनले भने, ‘ हामीले इन्टरनेटको कमाइबाट सरकारलाई प्रत्येक वर्ष करबापतको ३ अर्ब रुपैयाँ बुजाउँदै आएका छौ। अब फेरि विद्युत प्राधिकरणले हामी माथि अवैध रुपमा किलोमिटरको हिसाबले शुल्क लगाएमा व्यापारको मोडेल नै खतरमा पर्दछ। ‘
उनले सकारी निकायले खाली कर मात्रै लिने कामले मुलुक समृद्धितर्फ नलम्बिके र सरकारको डिजिटल नेपालको सपना अधुरै रहने चेतावनी समेत दिए। उनले भने ‘ हामी इन्टरनेटमा ग्राहकलाई प्रतिवर्ष सस्तो दरमा उपलब्ध गराइरहरेको तर सरकारलाई रोयल्टीमा सघाउन आफ्नो कमाइबाट खर्च गर्नु परेकोछ।अब विद्युत प्राधिकरणको मारमा परेका छौ।’
यस्तै वर्ल्ड लिंकका विजय जलानले सरकारलाई हामीले सहयोग गर्ने सोच बनाए पनि आफै समृद्धिको विकासलाई बन्धक बनाउन लागि परेको बताए। उनले भने, ‘ सरकारको समृद्ध नेपाल र डिजिटल नेपालको फ्रेमवर्क इन्टरनेटबिना अधुरो हुन्छ। तर किन विद्युत प्राधिकरण पोल चार्ज मनपरी बढाउँछ। यो सेवा प्रदायकको विजनेस मोडेलमा खलबली ल्याउँछ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
