नेपालले थाइल्याण्डसँग ७० रनले पराजित, उपाधि जित्नबाट चुक्यो !
जानकारी केन्द्र
२०७५, माघ, ५
काठमाडौं, ५ माघ । नेपाली महिला क्रिकेट टिम पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट नराम्रोसँग चुकेको छ । २००७ मा पहिलो सहभागितामा नै एसीसी वुमन्स च्याम्पियन्ससिपको फाइनल पुगेको नेपाल १२ वर्षपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलका लागि खेलेको थियो।
तर, आयोजक थाइल्याण्डसँग ७० रनले पराजित हुँदै टी २० स्म्यास क्रिकेटको उपउपाधिमा चित्त बुझाएको छ । घरेलु टोली च्याम्पियन बनेको छ । थाइल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा ५१ रन बनाउँदा अलआउट भयो ।
नेपालका लागि नेरी थापाले १७ र सीता राना मगरले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली २० ओभरमा मात्र १ विकेट गुमाएर १२१ रन बनाएको थियो । थाइल्याण्डका ओपनर नाथाखन चान्थमले अटआउट ६९ रन बनाएकी थिइन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
