नायिका वर्षालाई पवनले सिन्दुर हालेपछि (भिडियोसहित)
काठमाडौं, ९ माघ । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो ।
गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश खड्काको निर्देशन तथा बुद्ध थापाको छायाँकनमा निर्माण भएको उक्त भिडियोमा नायिका बर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराइको अभिनय रहेको छ ।
गीतको भिडियोमा आफ्नो प्रेमीकाको अर्को ब्यक्तिसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ । भर्जिन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई भर्खरै ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यसअघि चार वटा एकल एल्बम सार्वजनिक गरिसकेका राईका ‘तिमीले माया लाउँदा सरकार ढल्छ भने ढलोस्’, ‘मुटुभित्र देउन मलाई बास’ लगायतका गीतहरु लोकप्रिय भैसकेका छन् । राईले अहिलेसम्म करिब तीन सय भन्दा माथि गीतहरुमा आवाज तथा संगीत भरिसकेका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

