प्रहरीलाई घुस दिए अब उल्टै पक्राउ परिने
काम सजिलो हुन्छ भने २/४ पैसा खुवाउनुलाई कसैले पनि ठुलो कुरा नै मान्दैनन् हाम्रो नेपालमा । घुस खुवाउनु भनेको खासै ठुलो कुरो होइन । २/४ हजार दिएर सजिलै काम बन्छ भने कसले झण्झट गर्छ ? भन्ने सोचले जरा गाडेको छ हाम्राे देशमा ।नेपालकाे हरेक क्षेत्रमा घुस र भ्रष्टाचार यति नराम्राेसँग झाँगिइसकेकाे छ कि घुसखाेरी र भ्रष्टाचारीलाई कारबाही गर्दा कार्यालय नै रित्ताे हुन सक्ने सम्भावना समेत रहेकाे छ । नेपालमा घुस र भ्रष्टाचार नभएकाे त ठाँउ नै छैन भन्दा पनि हुन्छ ।
सबै भन्दा बढी सार्वजनिक सेवाका कर्मचारीहरूले घुस लिने गरेकाे पाइन्छ । नेपाल सरकारदेखि विभिन्न सरकारी र गैरसरकारी सङ्घ संस्थाहरू हुँदै तोरीलाउरेदेखि उपरखुट्टे टाउकेसम्मका मनुवाहरूले घुस लिने गरेकाे पाइन्छ ।पछिल्लाे समय ठूला–ठूला ठेक्कापट्टा मिलाइदिएबापत घुसको आदान–प्रदान अचेल विदेशमा हुन थालेका छ
घुसखाेरी माैलाउँदै गएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ ।कार्यालयले प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङ्गेहात पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने २६ चालक तथा सहचालकलाई पक्राउ गरेको बताउनुहुन्छ ।
कार्यालयले प्रहरीलाई घुस दिन खोज्ने चालक तथा सहचालकलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गर्दै आएको छ । हालसम्म कार्यालयले सात प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने प्रहरी कर्मचारीमा प्रहरी नायव निरीक्षक विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक हरिबहादुर खड्का, उमेश भट्टराई र फाल्गुण श्रेष्ठ, प्रहरी हबल्दार लक्ष्मण यादव र जालन्धर राय यादव तथा प्रहरी जवान लालप्रसाद सापकोटा रहेका छन् ।
प्रहरी प्रवक्ता सिंह अहिले सात प्रहरीलाई पुरस्कृत गरे पनि सबै प्रहरीलाई क्रमशः पुरस्कृत गर्दै जाने बताउनुहुन्छ । कार्यालय प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री एक÷दुई प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले उक्त अभियान सञ्चालन गरेको बताउनुहुन्छ । “घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीको वृत्ति विकासमा समेत सहयोग पुग्नेछ”, उहाँ भन्नुहुन्छ ।
प्रहरीले सामाजिक मर्यादाको ख्याल रहोस् र गल्ती महसुस होस् भनेर थुनामा समेत राख्ने गरेको छ । पक्राउ परेका व्यक्ति जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटीमा छुट्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई घुस दिने व्यक्तिलाई रु पाँचदेखि १० हजारसम्म धरौटी माग गर्ने गरेको छ ।
news24 बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
