• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १८ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १९ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • २० घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • २० घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • २१ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • २१ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • २२ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

प्रचण्डको विज्ञप्तिले अमेरिका रिसायो, ओलीलाई तनाब

admin २०७५, माघ, १५

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा अमेरिकी नीतिको निन्दा गर्दै विज्ञाप्ती जारी गरेपछि अहिले यसको असर सरकारलाई समेत असर परेको छ । लामो समयदेखि नेपालमा ठुलो आर्थिक सहयोग गर्दै आइरहेको अमेरिका लगायत युरोपियन राष्ट्रहरुको संगको सम्बन्धमाथि नै चिसोपन आउने त होइन भन्ने आंशका उब्जिएको छ ।

सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहालबाट अमेरिकाको विरोध जस्तो देखिने गरि विज्ञप्ति जारी भएपछि तरङ्ग पैदा भएको छ । पार्टीभित्र पनि यसको चर्चा बढेको छ । नेपालस्थित अमेरिकी दूतावासले यसको चासो व्यक्त गर्दै सरकारको आधिकारिक धारणा समेत मागेपछि यो विषयले नेकपा र सरकालाई समेत टाउको दुखाइको विषय बनेको हो ।

नेकपाको तर्फबाट अध्यक्ष दाहालले जारी गरेको वक्तव्यमा भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गरिएको छ । दाहालको वक्तव्यका बारेमा प्रधानमन्त्री केपी ओलीले मुख खोलेका छैनन् । तर उनी पनि दाहालको विज्ञप्तिप्रति असन्तुष्ट भएको बताइएको छ । स्विजरल्याण्डबाट फर्किदा पत्रकारहरुले यस विषयमा प्रश्न गर्दा प्रधानमन्त्री ओलीले बुझेर मात्रै जवाफ दिने बताएका थिए ।

तर अहिले अमेरिकी दुतावासले नै सरकारसँग जवाफ मागेपछि ओली छलफलमा जुटेको बताइएको छ । सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई आफुहरुले ‘नोटिस’ मा राखिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गर्दै पत्रसमेत जारी गरेको छ । १० वर्ष सशस्त्र द्धन्द्ध चलाएका दाहालप्रति अमेरिका शान्ति प्रक्रिया सुरु भएपछि पनि लामो समयसम्म सकारात्मक बन्न सकेको थिएन ।

शान्ति प्रक्रियापछिको केही वर्षसम्म पनि अमेरिकाले तत्कालिन माओवादीलाई आतंककारीको सुचिमा राखेको थियो । अमेरिकाको यो व्यवहारले त्यसबेला दाहाल सन्तुष्ट थिएनन् । सायद त्यसबेलाको असन्तुष्टी पोख्ने मौकाको रुपमा दाहालले विज्ञप्ति जारी गरेको पनि हुन सक्छ । तर त्यही विज्ञप्तिका कारण यति धेरै चर्चा र समस्या आउला भन्ने दाहालले सोचेनन् । यस विषयमा परराष्ट्रविदहरुले भने दाहालको विज्ञप्तिले तरङ्ग पैदा हुनु उनको राजनीतिक उचाईको नतिजा भएको तर्क गरेका छन् । तत्कालका लागि चर्चा र विवाद जस्तो देखिए पनि अमेरिका र नेपालबीचको सम्बन्धमा भने खास असर नपर्ने परराष्ट्रविदहरु बताउँछन् ।

भेनेजुयलाको संकटलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भएका छन् । अमेरिका र उसका पक्षधर राष्ट्रले गुइडोलाई समर्थन गरेका छन् । रुस, चीन, भारत, टर्कीलगायतले राष्ट्रपति वैधानिक चुनावी प्रक्रियाबाट निर्वा्चित भएको भन्दै मडुरोलाई समर्थन गरेका छन् । यही सन्दर्भमा दाहालले पनि विज्ञप्ति जारी गर्दै मडुरोको समर्थन गरेका थिए । अमेरिका नेपालको ठूलो दाता मुलुक हो । अमेरिकाकै पक्षधर मानिने अन्य युरोपेली मुलुक पनि ठूला सहयोगदाता हुन् । नेपाल सरकारसँग मिलेर काम गरिरहेका छन् ।

दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यमा आधारित अमेरिकाको मात्र ५५ अर्ब रुपैयाँ बराबरको परियोजना चलिरहेको छ । अमेरिकी सहयोग नियोगमार्फत चल्ने अन्य परियोजना पनि छन् । अमेरिकी पक्षधर राष्ट्रका पनि अरू परियोजना छन् । लामो समयदेखिको हार्दिकतापूर्ण कूटनीतिक सम्बन्धमा सत्तारूढ दलका अध्यक्षको वक्तव्यले ‘चिसोपन ल्याउने हो कि’ भन्ने शंका उब्जिएको छ ।

reportersnepal.com बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.