नक्कली प्रमाणपत्र बुझाएर मावि शिक्षक !
काठमाडौ – माध्यमिक तहको शिक्षक नियुक्ति हुँदा पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।
रामसखी मो.सिंह जनता माध्यमिक विद्यालय बलरा – ५, सर्लाहीका माध्यमिक तहका शिक्षक देवनारायण ठाकुरले बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।
‘झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति भएको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उक्त त्रुटि फेला परेको’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
ठाकुरले बाबा साहेब भिमराव अम्बेड्कर विहार विश्वविद्यालय मुजफ्फरपुर भारतबाट स्नातक उत्तीर्ण गरेको प्रमाण पत्र पेश गरी माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक पदमा नियुक्ति लिएका थिए । उक्त कार्यबाट सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएकोले मुद्दा दायर गरेको अख्तियारको भनाई छ ।
इडिउ खबर बाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


