सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु
चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो ।
सोही अवधिमा सात लाख १२ हजार ५८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ ।आयोगका अधिकारीहरुले उच्च खतरनाक ‘क’ वर्गका सरुवा रोगबाट भने कोही पनि प्रभावित नभएको बताएका छन् । चीनमा क वर्गका सरुवा रोगमा हैजा, प्लेगलगायतलाई बुझिन्छ ।
विरामी भएका मध्ये दुई लाख ८९ हजार ६१३ जना ‘ख’ वर्गका रोगबाट प्रभावित भएकाहरु थिए । ‘ख’ वर्गका रोगमध्ये झण्डै ९३ प्रतिशतलाई भाइरल हेपाटाइटीस, क्षयरोग, सिफलिस, गोनोरियालगायतका रोगले सताएको थियो ।
डिसेम्बर महिनामा ‘ग’ वर्गका रोग लागेर १६ जनाको मृत्यु भएको छ । खाना वा मुख सम्बन्धी रोग, इन्फ्लुएन्जालाई यस वर्गमा राखिएको छ । झाडापखाला यस वर्गको मुख्य रोग हो ।एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
