रोहीत शेट्टी र सलमान खानको नया फिल्म यस्तो आउदै
काठमाडौं | बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ ।
रोहीत शेट्टीले फिल्म ‘सिंघम’ को चौथो सिरीज ‘सूर्यवंशी’ मा अभिनेता अक्षय कुमारलाई मुख्य अभिनेताको रुपमा लिइसकेका छन् । निर्देशक रोहीत शेट्टीले उनको नयाँ फिल्ममा अभिनेता सलमान खानलाई कास्ट गर्ने बताइएको छ ।
फिल्म ‘सिम्बा’ रोहीत शेट्टीको यस अघिको फिल्म ‘सिंघम’ सिरिजको तेस्रो भाग हो । यस फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । यस फिल्मको सफलतासँगै रोहीत उनको अरु प्रोजेक्टको तयारीमा लागि सकेका छन् । रोहीत सलमान खानका साथ फिल्म निर्माण गर्न चाहिरहेका छन् । जसमा उनलाई साजिद नाडियाडवालाले साथ दिनेछन् । रोहीत र साजिदलाई सलमान खानको ‘किक’ फिल्ममा रहेको देवीलाल सिंह ‘डेविल’ को भूमिका मन परेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमले बताए अनुसार यो फिल्म एक्शनले भरपुर हुनेछ । अहिले सलमान खान फिल्म ‘भारत’ को छायांकनमा व्यस्त छन । त्यस पछि उनी फिल्म ‘दबंग ३’ को काम सुरु गर्नेछन् ।रोहीत शेट्टी पनि अहिले फिल्म ‘सूर्यवंशी’ को छायाकंनमा व्यस्त छन् । यि सबै फिल्मको काम सकिए लगत्तै रोहीत र सलमानले नयाँ फिल्मको काम सुरु गर्ने बताइएको छ । एजेन्सी
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

