Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

ओली मन्त्री फेर्ने तयारीमा, तर प्रचण्ड किन मानेनन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
ओली मन्त्री फेर्ने तयारीमा, तर प्रचण्ड किन  मानेनन्

प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा मन्त्रीहरु हेरफेर गर्ने तयारीमा जुटेका छन् । तर, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने ओलीको यो चाहनामा सहमति जनाएका छैनन् ।

अध्यक्षद्धय ओली र प्रचण्डबीच अढाई वर्ष एकजनाले र अर्को अढाई वर्ष अर्कोले गरि ५ वर्ष सरकार चलाउने भद्र–सहमति भएको बुझिएको छ । प्रचण्डले आफू प्रधानमन्त्री बन्ने कुरालाई आधार मानेर तत्काल मन्त्री हेरफेर गर्न नहुने अडान लिएका छन् ।

नेकपानिकट उच्च स्रोतका अनुसार सरकारले यो एक वर्षमा आशातित काम गर्न नसकेको जनगुनासो आउन थालेपछि प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु हेरफेर गरेर भएपनि अघि बढ्ने तयारी गरेका छन् । तर, प्रचण्डले भने प्रधानमन्त्री ओलीको उक्त चाहना कुनैपनि हालतमा पूरा गर्न नदिने भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स