Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

उपत्यकासहित देशभर चिसो यस कारण बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
उपत्यकासहित देशभर चिसो यस कारण  बढ्यो

 काठमाठौँ | काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । “तापक्रम घटे पनि यस वर्षा माइनसमा पुग्ने सम्भावना छैन”, उहाँले भन्नुभयो । यस वर्ष सबैभन्दा कम शून्य डिग्रीसम्म पुगेको थियो । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ 

शुक्रबार पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । 

पहाडी भूभागका एक /दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । बिहीबार पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहनेछ

Top Changing Nepal

युट्युब सट्स