Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

फिल्म हेर्न जाउँ भन्दै युवति अपहरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
फिल्म हेर्न जाउँ भन्दै युवति अपहरण

दाङ । युवती अपहरण गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–३ भैसकुर बस्ने वर्ष १९ की युवतीलाई शुक्रबार तुलसीपुर चोकबाट जबर्जस्ती नियन्त्रणमा लिई फिलिम हेर्न जाऊँ भन्दै घोराहीको रामपुरतर्फ टेम्पोमा लैजाँदै गर्दा लक्ष्मीपुर चोकनजिकै युवतीले प्रतिकार गर्न खोजेपछि स्थानीयवासीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ सुर्केडाँगी बस्ने वर्ष २४ का विकास चौधरी, वर्ष २१ का विकेन्द्र चौधरी र रामपुर बस्ने वर्ष २२ का दीपक नेपाली रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

पीडित युवतीको जाहेरीमा उनीहरूमाथि मुलुकी अपराध (संहिता) अपहरण उद्योगमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स