क्रिकेटमा नेपालीको अर्को कीर्तिमान : सन्दीप जोरा बने टी–२० मा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी
काठमाडाैं, । नेपाली युवा खेलाडि सन्दीप जोरा टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । १७ वर्ष १०३ दिनका जोराले दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको नेपाल र यूएईबीचको टी–२० सिरिजको पहिलो खेलमा अर्धशतक पुरा गर्दे यो कीर्तिमानी बनाएका हुन् ।
यू–१९ उमेर समुहको राष्ट्रिय टोलीबाट खेलिसकेका १७ वर्षिय जोराले यूएईविरुद्ध ओडीआई सिरिजको तेस्रो खेलमै डेब्यू गरेका थिए ।सन्दीप अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यू गर्ने नवौँ युवा खेलाडी पनि बने। डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । भने युएईविरुद्ध नै टी ट्वान्टी डेब्यू गरेका रोहित पौडेल डेब्यू गर्ने तेस्रो युवा खेलाडी रहे ।
उनको डेब्यू उमेर १६ वर्ष १ सय ५१ दिन रहेको छ । सबैभन्दा कम उमेरमा टी ट्वान्टी डेब्यू गर्ने कुवेतका मिट भावसर हुन् । उनले ११ दिनअघि माल्दिभ्सविरुद्धको खेलमा १४ वर्ष २ सय ११ दिनमा डेब्यू गरेका थिए । दोस्रोमा हङकङका वाकस खान रहेका छन् ।उनको प्रर्दशनको बाबजुद पनि नेपालले पहिलो खेलमा भने टी ट्वान्टी सिरिजको पहिलो खेलमा युएईसँग २१ रनले हारेको छ ।
यसअघि नेपालका अर्को युवा खेलाडि रोहित कुमार पौडेलले सचिन र शाहिदलाई पछि पार्दे अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी बनेका थिए । उनी १६ वर्ष १४६ दिनका थिए । उनको अन्तराष्ट्रिय टी–२० क्रिकेटमा डेब्यू खेलमा पनि हो । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका जोराले ४२ बल खेल्दै ३ चौका र १ छक्कासहित अर्धसतक पुरा गरे । उनले ४१ बलमा अर्धशतक पुरा गरे भने ५२ रनमा नटआउट रहे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
