अब मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने
काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । करिब नौ महिनादेखि बन्द रहेको श्रम खुलाउन दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको हो ।दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए ।
साँवा दुई दिनअघिमात्र मलेसियाका मानव संशाधन मन्त्रीसहित उच्च अधिकारीहरुसँग छलफल गरेर फर्किएका हुन् ।काठमाडौं फर्केपछि उनले मलेसिया सरकारसँगको छलफलमा उठेका विषय र कामदार लैजाने प्रक्रियाका बारेमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाइसकेको बताए । नेपाली कामदार जान पाउने गरी सरकारले चाँडैनै उपयुक्त निर्णय गर्ने जानकारी आफूले पाएको साँवाले बताए ।कलिङ भिसा आइसकेका कामदारलाई मलेसिया दूतावासले लेखेको पत्रका आधारमा श्रम स्वीकृति दिइने छ।
नयाँ कामदार पठाउने सन्दर्भमा मलेसिया सरकारले मापदण्ड बनाएर नेपाललाई जानकारी गराउने र नयाँ प्रक्रिया अनुसार पठाइने भएको छ । नेपाल र मलेसियाबीच श्रम समझदारीपछि पनि कामदार पठाउने प्रक्रिया शुरु भएको छैन । सरकारले भिसा र स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया गर्ने पूराना संस्थामाथि कारवाही भएकाले नयाँ संरचनाबाट काम गर्न मलेसियालाई आग्रह गरेको छ ।
मलेसियाले भने त्यसबारेमा कुनै निर्णय गरेको छैन । नयाँ संरचना खडा गर्ने काम मलेसिया सरकारको भएको भन्दै साँवाले मानव संशाधन मन्त्री एम कुलासेगरनसँग त्यस विषयमा कुरा नभएको बताए । उनले नेपाली कामदारले भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा एक रुपैयाँ पनि तिर्नु नपर्ने सम्झौता दुई देशबीच भइसकेकाले बाँकी संरचनाको निर्णय मलेसियाको मन्त्रिपरिषदले गर्ने बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


