२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा
जानकारी केन्द्र
२०७५, माघ, २७
काठमाडौँ | सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ ।
विभागसँग रहेका ७ वटा प्र्रिन्टरले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ । सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ ।
४ लाखजना ट्रायल पास लाइसेन्सको पर्खाइमा
अहिले सवाली ट्रायल पास गरी स्मार्ट लाइसेन्सको पर्खाइमा बस्नेको संख्या ४ लाख पुगिसकेको छ । यसरी पर्खिनेहरुको संख्या दैनिक औसतमा ३ हजारजना थपिने यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
– यो समाचार नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
