फागुन १ गतेलाई रोजगारी दिवसको रुपमा मनाउने प्रधानमन्त्रीको घोषणा
फागुन १, काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले फागुन १ गतेलाई रोजगारी दिवसको रुपमा मनाउने घोषण गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै फागुन १ गतेलाई रोजगारी दिवस मनाउने घोषणा गरेका हुन्।
नेपाल हरेक दिन एक कदम अगाडी बढ्दैछ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ”आज धेरै वर्षपछि अचम्म हुँदैछ, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ, नेपाली जनताले चाहेको दिन यहि हो।” पहिलो वर्षमा संविधान कार्यन्वयनका लागि आवश्यक कानून निर्माण भएको भन्दै सरकार अब अब विकास र सम्वृद्धि को यात्रा अगाडी बढेको दावी गरे । ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिएका छन् ।
देशमा अपराध र भ्रष्टाचार बढ्नुको कारण अशिक्षा र गरीबी रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले बिस्तारै यी दुवैलाई हटाउने दाबी गरे । उनले भने ‘यदि सबैले समुचित काम पाउने हो भने यो गरीबी रहने थिएन। हामी नेपाललाई परिवर्तन र रुपान्तरण गर्न चाहन्छौँ । गरीब देशबाट समृद्ध देश, अनपढबाट विद्धान, अल्पविकसितबाट विकसित भनेर पहिचान बदल्न चाहन्छौँ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारीको अभावलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने कदमको रुपमा आएको भन्दै यो प्रयास फलदायी हुने पनि उनले दाबी गरे ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


