श्रम कार्यालय ताहाचलमा सक्रिय ५ जना विचौलिया पक्राउ
फागुन ५, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत श्रम कार्यालय ताहाचलमा सक्रिय ५ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार, शनिबार र आज गरि ५ विचौलियालाई पक्राऊ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी देवेन्द्र पालले सझासबालाई जानकारी दिए ।
विचौलियाले सेवाग्राहीको डकुमेन्ट सच्याई साउदीको भिषा इडित गराएको, कतारको नक्कली आइडी कार्ड बनाएर पेश गर्न लगाएको र कुवेतको नक्कली भिषा बनाई पेश गराएको पाइएपछि श्रम कार्यालयले बिचौलियालाइ पक्राउ गर्न शुक्रबार प्रहरीलाई निवेदन लेखेको थियो। सोहि निवेदनका आधारमा सेवाग्राहीको सहयोगमा विचौलियालाई प्रहरीले पक्राउ गरेको श्रम कार्यालयले साझा सवाललाई जानकारी दिएको छ।
श्रम स्वीकृतिको लागि विभाग आएका ईन्द्र बहादुर रजाली मगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अबस्थामा फेला परेर जानकारी दिए पश्चात बिचौलिया कार्यमा संलग्न गणेश कटुवालले उक्त कार्ड बनाउन सहयोग गरेको खुल्न आएको थियो ।
शनिबार काठमाडौं महानगरपालिका २६ स्थित मित्रनगर मेचिकालि गेष्टहाउसबाट उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा कृष्ण प्रसाईलगायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
