पशुपति शर्माको भाइरल गीत युटुवबाट हट्यो, हटेपछि सामाजिक संजालमा झनै भाइरल
काठमाडौँ | चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएपछी उक्त गीत गायक शर्माले युटुवबाट हटाएका छन् । गायक शर्माले परिमार्जन सहित उक्त गीत फेरी युटुवमा ल्याउने सामाजिक संजालबाट जानकारी दिएका छन् ।
गायक शर्माले आफ्नो उक्त गीतमा दर्शकले देखाएको सहभागीतालाई हार्दिक आभार ब्यक्त गर्दै आफ्नो गीतको केहि शब्दलाई लिएर विरोध सृजना गर्न खोजिएकाले गीतमा शब्द सहित परिमार्जन गर्ने स्पष्टिकरण दिएका छन् । उनले आफूले राजनिती त्यती गहिराईबाट नबुझेको तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने कुरामा सचेत रहेको भन्दै आफ्नो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने एकमात्र ध्यय लिएर उक्त गीत तयार पारेको बताएका छन् ।
उनले लेखेका छन् – ‘मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु ।’
गायक शर्माले आफ्नो गीतलाई सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्वहरु, अग्रज एवं समकालीन साथीहरुलाई धन्यवाद दिदै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा अन्तर हृदयदेखीनै माफी माग्न चाहान्छु, भनेका छन् । उनले सामजिक संजालमा लेखेका छन् -‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।’
गायक शर्माले आफू यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गीक अधिकार हो, भन्ने कुरामा आफू दृढ रहेको समेत बताएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
