नो अब्जेक्सन लेटर लिने बढे, नेपालमा किन पढ्दैनन उच्च शिक्षा ?
फागुन ९, काठमाण्डौ । सरकारले मुलुकलाई समृद्धिको दिशामा लग्ने भनिरहँदा विभिन्न बहानामा युवाहरू विदेशिने क्रम बढेको छ । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा उच्च शिक्षा अध्ययनको बहानामा ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या दोब्बर भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा दैनिक साढे दुई सयको हाराहारीमा विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।
आर्थिक वर्ष २०६६÷६७ सालको तुलनामा अहिले नो अब्जेक्सन लेटर एनओसी लिनेको संख्या दोब्बर बढेको छ । नेपाली विद्यार्थी होटेल व्यवस्थापन, आइटी, नर्सिङ, इन्जिनियरिङ, मेडिसिन, व्यवस्थापन, एमबीएलगाएतका विषय अध्ययन अस्ट्रेलिया, अमेरिका, जापानलगायत देश जाने गरेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९–०७० मा १६ हजार ५ सय ४ विद्यार्थीले एनओसी लिएका थिए ।
२०७४ वैशाख २ देखि ०७५ माघ २९ सम्म एक लाख १२ हजार ९ सय ५९ विद्यार्थीले विभिन्न मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जान एनओसी लिएका छन् । एनओसी शाखाका अनुसार ७७ देशका लागि एनओसी जारी भएको छ । एनओसी शाखाका प्रमुख देबीप्रसाद उपध्यायका अनुसार दैनिक साढे दुई सय हाराहारीमा विद्यार्थी आइरहेका छन् । विदेशमा उच्च शिक्षाको भर्ना खोलिएका वेला यो संख्या बढेर ५ सयको हाराहारीमा पुग्ने उनको भनाइ छ ।
विद्यार्थीहरु पनि नेपालमा आफनो भविष्य नभएको ,यहाँ गुणस्तरीय शिक्षा नपाएको र अध्ययनपश्चात रोजगारी नपाइने कारण विदेशिनुपर्ने तर्क गर्छन् । विदेशमा पढाइसँगसँगै काम पनि गर्न पाइने र हातमा परेको डिग्री जहिँतहिँ बिक्ने कारण विदेशिनु बाध्य भएको उनीहरूको भनाइ छ ।अवसर र गुणस्तरीय जीवनको खोजीमा युवा बिदेसिने क्रम बढेको शिक्षाविद् विद्यानाथ काइराला पनि स्वीकार गर्छन् । उज्वल भविष्यका लागि पनि बाहिरीने क्रम बढेको उनको भनाइ छ ।
सरकारले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने भनिरहँदा विभिन्न बहानामा युवाहरू विदेशिनु पक्कै पनि राम्रो होइन । मुलुक निर्माणमा होमिनुपर्ने युवावर्गलाई विदेश पठाएर सरकारको आकांक्षा पूरा हुन सक्दैन । त्यसैले शिक्षाको गुणस्तर सुधार, स्वदेशमौ रोजगारीको अवसर र काम गरेर सहज रूपमा जीवनयापन गर्न पाउनुपर्ने नागरिकको अधिकार सुरक्षित गर्न सरकार गम्भीर हुनुपर्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
