Jankari Kendra
१२ भाद्र २०८३, शुक्रबार
Worldlink

नख्खुस्थित एनसेल कार्यालयमा बम विस्फोट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, फाल्गुन, १०
नख्खुस्थित एनसेल कार्यालयमा बम विस्फोट

ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा बम विष्फोट भएको छ । विस्पोटमा ३ जना घाइते भएका छन् ।

घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अरु दुइ जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। खड्काको अल्का अस्पताल जावलाखेल र अर्का गम्भीर घाइतेको बिएण्डबिमा उपचार भइरहेको छ।

शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा नख्खुस्थित एनसेलको मुख्यालय गेटको अगाडि भयानक आवाजसहित भएको बिस्फोटले वरिपरिका अधिकांश घरका सिसा फुटेका छन्।

बाटो हिड्दै गरेका दुई जना गम्भीर घाइते भएका छन्। प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ भने थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स