मदार मेलामा आउने भक्तजनहरुलाई निशुल्क पानी खुवाउदै मुस्लिम संघ ।
रबिन्द्र यादव/ नवलपरासी पश्चिम सुस्ता, १३ फागुन । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीले मदारबाबा मेला आएका भक्तजनहरुलाई पानी खुवाएको छ ।
मेलामा आएका भक्तजनहरु मदारिया डाँडाको साढे नौ किलोमिटरमा रहेको मदारबाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढने क्रममा संघले तिर्खाका भक्तजनहरुलाई निशुल्क रुपमा सेवा गर्ने उद्देश्यले मिनरल वाटर पानी खुवाउदै गरेको छ ।
यहि फागुन १२ गते आईतबार देखि जिल्लाको सुस्ता गाउँपालिका २ महलबारीमा शुरु भएको मदारबाबा मेलामा तिर्खाएका भक्तजनहरुलाई पानी खुवाई सहयोग गरेको संघका जिल्ला अध्यक्ष करिम खानले जानकारी दिए ।
अहिलेसम्म २ हजार भन्दा बढि पानीको बोतल वितरण भइसकेको एक सदस्यले जानकारी दिए । मेलामा संघका उपाध्यक्ष बद्रि आलम, सचिव आलम खान, सह–सचिव मौलाना सिद्दिक अंसारी, क्षेत्रिय सभापति सफिउल्लाह अंसारी सहित जिल्ला कार्यसमिति सदस्यहरु पानीको स्टल राखी तिर्खाका भक्तजनहरुलाई पानी खुवाई सहयोग गरेका हुन् ।
साथै स्थानिय युवा क्लबका सदस्यहरुले पनि सहयोग गरि रहेको खाले बताए । बर्षेनी कुतुबल मदार शाह दरगाह कमेटीले संचालन गर्दै आएको उक्त मेलामा नेपाल भारतको विभिन्न ठाउँबाट श्रद्धालुहरु आ–आफनो मनोकामना लिएर मेलामा आउने गरेका छन् ।
मेलामा मनोकामना लिएर आउने श्रद्धालुको मनोकामना पुरा हुने र दुखियाको दुख हरन हुने श्रद्धालुहरुमा विश्वास रही आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
