मुख्य प्रशासनिक भवन निर्माण हुदै ।
रबिन्द्र यादव/नवलपरासी पश्चिम १६ फागुन पश्चिम नवलपरासीको पाल्हीन्दन गाउँपालिकाको बेलासपुरमा निर्माणाधिन गाउँपालिकाको मुख्य प्रशासनिक भवन निमार्ण कार्य ४० प्रतिशत काम पुरा भएको छ ।
७ करोड ५० लाखको लागतमा प्राकृतिक निर्माण सेवाले प्राप्त गरेको ठेक्का अन्तर्गत २ बर्षमा निमार्ण सक्नुपुर्ने भएपनि १ बर्ष भित्रै निमार्ण काम सम्पन्न गर्ने गरि काम भईरहेको गाउँपालिकाले जनाएको छ । अत्याधुनिक सुविधा सम्पन्न निर्माणाधिन भवन २०७६ साल सम्म सम्पन्न गर्ने योजना रहेको छ ।
यद्यपी दिन र राती दुबै समयमा निमार्ण काम सक्दो चाडो काम सम्पन्न गर्ने गरी काम जारी रहेको गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )ले जानकारी दिनुभयो । भवन १२५ फिट लम्बाई र ४३ फिट चौडाई क्षेत्रफलमा निर्माण भईरहेको छ ।
बिशेष गरी लिफ्ट जडान गर्न मिल्ने गरी भवन निमार्णको काम तिब्र गतिमा अघि बढीरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो । भवन निमार्ण अवधि २ बर्ष भएपनि एक बर्षमा निमार्ण काम सम्पन्न गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । लिफ्ट जडान गर्ने गरि निमार्ण भईरहेको पाल्हीन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन निमार्ण भईरहेको छ ।
यस प्रकारको लिड्न जडान गर्ने गरी भवन निमार्ण गर्ने स्थानिय तहहरु मध्ये सम्भवत नेपालमा पाल्हीनन्दन गाउंपालिका पहिलो स्थानिय तह भएको गाउँपालिकाले दाबी गरेको छ । त्यसैगरी भवन निमार्ण सम्बन्धि मुद्दा खेपदै अाउनु भएको अध्यक्ष गुप्ताले पुरै पुरै मुद्दा जितेको दाबी गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
