यी हुन् यस वर्षको महाशिवरात्रिको ३ संयोग र महत्त्व
काठमाडौं । फागुन महिनाको कृष्ण पक्षको चतुर्दशीलाई भगवान शिवको विवाहको चतुर्दशी मानिन्छ । यस चतुर्दशीलाई शिवपुराणमा महाशिवरात्रि भन्ने गरिन्छ । शिवरात्रि त हरेक महिना आउँछ तर यस महिना आउने शिवरात्रिलाई विशेष मानिनुको कारण नै महाशिवरात्रि हो । महाशिवरात्रिको महत्त्वको पछाडि शिव र शक्तिको मिलनको रात हो ।
अध्यात्मिक रूपले हेर्ने हो भने महाशिवरात्रिलाई प्रकृति र पुरूषबीचको मिलनको रात हो । यस रात अध्यात्मिक शक्ति बढी जागृत हुने विश्वास लिइन्छ । शास्त्रका अनुसार यस रातको उपयोग ध्यान, योग, तपस्या र साधनामार्फत गर्नु उत्तम मानिन्छ । यस वर्ष महाशिवरात्रि फागुन २० गते सोमवार परेको छ । यसलाई पनि एउटा मीठो संयोग मान्न सकिन्छ ।
सोमवार भगवान शिवको शिरमा चन्द्रमा बस्ने भएकाले भोलिको दिन अझ महत्त्वपूर्ण हुने बताइन्छ । यसलाई सोमनाथ पनि भनिन्छ । सोमबार परेको महाशिवरात्रिको दिन तपाईले भगवान शिवलाई दूध र गंगाजल चढाउनु उत्तम मानिन्छ ।
यस वर्षको महाशिवरात्रिमा तीन नक्षत्रमध्ये सबैभन्दा मुख्य श्रवण नक्षत्रको संयोग पनि मिलेको छ । यस नक्षत्रको स्वामी चन्द्रमा हो र यसको प्रतीक चिन्ह भगवान विष्णुको अवतार चिन्ह भएकाले यस्तो अवस्थामा शिवको पूजा गर्नु फलदायी मानिन्छ । जो मानिसले धनदौलत तथा सुख पाउने चाहना राख्छ, उसले त्यसदिन भगवान शिवलाई उखुको रसले अभिषेक गराउँदा राम्रो ।
यस वर्षको महाशिवरात्रिमा अर्को पनि संयोग बनेको छ, त्यो हो सर्वार्थ सिद्धि योग । यो कार्य सफल बनाउनका लागि महत्त्वपूर्ण मानिन्छ । यस्तोमा तपाईंले शिवताण्डव स्तोत्र, शिव सहस्त्रनामको पाठ गरेमा उत्तम सिद्ध हुनेछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
