वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको बसुन्धारस्थित घरमा शुक्रबार राति ७:४० बजे अज्ञात समूहले बम विस्फोट गराएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको देखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अहिले यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेकाे बताएकाे छ । साथै अनुसन्धान सुरु गर्ने बताएकाे छ । घरमा पार्किङ गरेर राखिएको कारमा र बम विस्फोट गराउँदा गुरुङको घरको सटर भाडा लिएर बसेका मणिराम पौडले घाइते भएका छन् । पौडेलको टाउकोमा चोट लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
शक्तिशाली बम विष्फोटबाट गुरूङसहित अन्य दुईजनाको घरमा क्षति पुगेको छ । बम विस्फोटपछि ती घरका शिशाहरु फुटेका छन् । शक्तिशाली आवाजसहितको विस्फोटले स्थानीयबासी त्रसित भएका छन् ।
विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।
उक्त घरमा अध्यक्ष गुरुङको टप जब्स मेनपावर र वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरियन्टेसन रहेको छ ।
अध्यक्ष गुरुङले ७ बजेर ४० मिनेटमा विस्फोट भएको बताए । ‘ विस्फोट भएको ५-७ मिनेटमा आगोको मुस्लो गयो । आगोको धुवाँ निस्कने गरी आगो लाग्यो’, गुरुङले भने, ‘छिमेकीको सहयोगमा आगो नियन्त्रण्मा आयो । आज दिनभरि गाडी घरमा नै राखेको थिएँ ।’
गुरुङका अनुसार गाडी पार्किङ गरिएको ठाँउमा ग्यासको सिलिण्ड नराखिएकाले सुनियोजितरुपमाा सिलिन्डर बम विस्फोट गरिएको हो । सिलिन्डरका टुक्रा घरको चार तलामाथिसम्मको ढोका उछिटिएर छिरेका थिए ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘एक्कासी आवाज आएपछि बाहिर हेर्दा मेरै ग्यारेजमा रहेको गाडीबाट धुवाँको मुस्लो देखे’, उनले भने, ‘तल आएर हेर्दा गाडी जलिरहेको थियो । यहाँ ग्यास सिलिन्डर होइन बम नै पड्काइएको हो । यहाँ कसैले पनि सिलिन्डर राखेको थिएन ।’
अन्नपूर्ण पोस्ट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


