३० हजार घुस रकमसहित अधिकृत पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ ।
वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।
गैरकानूनी रुपमा मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै उनीहरु पक्राउ परेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । आयोगले सहायक वन अधिकृत शाह र लेखापढी व्यवसायी जोशीलाई बुधबार सवडिभिजन वन कार्यालयको परिसरबाट पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
आयोगले सेवाग्राही बढी हुने सरकारी कार्यालयमा सेवाग्राहीकै रुपमा अनुसन्धान अधिकृत परिचालन गरेपछि नापी, मालपोत, वन कार्यालय तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धमाधम पक्राउ पर्न थालेको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


