• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १३ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १३ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १४ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १८ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २१ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • २१ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • २२ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

म्यानपावरको दिनगन्ती शुरु,भदौ १९ सम्म धरौटी थप नगरे स्वत: खारेज हुने

admin २०७५, चैत्र, १

मनोज पराजुली, चैत्र १, काठमाडौं । बैदेशिक रोजगारीका लागि विदेश पठाउने म्यानपावर कम्पनीहरुको लागि धरौटी रकम थप गर्नको लागि दिनगन्ती शुरु भएको छ। केहि नेपाल ऐन संशोधन मार्फत पेश गरिएको वैदेशिक रोजगारी ऐनमा म्यानपावर कम्पनीको धरौटी बृद्धि गर्ने विधेयक संघीय संसदबाट पारित भई ऐनको रुपमा राजपत्रमा प्रकाशन भएपछि धरौटी रकम थप गर्न म्यानपावरका लागि दिनगन्ती शुरु भएको हो ।

अब ऐन संसोधन भई लागू भएपछि म्यानपावर कम्पनीले ६ करोडसम्म धरौटी राख्नुपर्नेछ ।  केहि नेपाल ऐन संशोधन विधेयक २०७५ मा समेटिएका कुरा ऐनको रुपमा फागुन १९ को मिति राखेर प्रकाशन भएको हो । यो संगै धरौटी थप गर्नको लागि म्यानपावर कम्पनीलाई २०७६ भदौ १९ गतेसम्मको म्याद रहेको छ। यो समयसम्म धरौटी रकम थप नगर्ने म्यानपावर कम्पनीहरुको नवीकरण हुने छैन भने स्वत: खारेजीमा जाने छन् ।

अब म्यानपावर धरौटी ६ करोडसम्म

संघीय संसदबाट पारित विधेयकमा वार्षिक तीन हजारभन्दा थोरै कामदार वैदेशिक रोजगारीमा पाउने म्यानपावरका हकमा ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाएमा एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र वार्षिक ५ हजारभन्दा बढि कामदार पठाएमा २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ । यसअघि म्यानपावर कम्पनीले २३ लाख बैक ग्यारेन्टी र ७ लाख नगद गरि ३० लाख धरौटी राख्नुपर्ने व्यवस्था थियो । 

गत वर्षको बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १ हजार ३२ वटा म्यानपावरले मात्रै कामदार विदेश पठाएका छन् । जस अनुरुप  द रिभर र कोशी इन्टर्नेशनल सर्भिसले मात्र ५ हजार भन्दा बढी कामदार विदेश पठाएका छन् । त्यस्तै  ३ हजार भन्दा बढी कामदार पठाउनेमा एसओएस  म्यानपावर सर्भिस, इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट सर्भिस र भिजन एण्ड भ्यालु ओभरसिज मात्र रहेका छन् । ६५३ वटा म्यानपावरले १ सय देखि ३ हजारसम्म कामदार विदेश पठाएका छन् भने ३७३ वटा म्यानपावरले १ सय भन्दा कम कामदार विदेश पठाएका छन् । 

अहिलेको नयाँ व्यवस्थामा २ वर्षसम्म सयजना कामदार विदेश पठाउन नसक्ने म्यानपावर खारेज हुने छन्।नयाँ व्यवस्था अनुरुप एकैघरका परिवारबाट सञ्चालित म्यानपावरहरू एक वर्षभित्रै मर्ज भइसक्नुपर्ने नभए स्वतः खारेज हुने व्यवस्था गरिएको छ।  तोकिएको धरौटी पुर्याउन सहज होस् भनेर सरकारले दुई भन्दा बढि म्यानपावर कम्पनीलाई गाभिन सक्ने व्यवस्था पनि गरेको छ। 

जिल्ला प्रशासन कार्यालयमै उजुरी गर्न सकिने 

यो ऐन कार्यन्वयनमा आएपछि कामदारले म्यानपावर कम्पनीविरुद्ध जिल्ला प्रशासन कार्यालयमै उजुरी गर्न सकिने व्यवस्था लागू भएको छ। संस्थागत उजुरी जिल्ला प्रशासन कार्यालयले सात दिन भित्रमा वैदेशिक रोजगार विभागमा पठाउनु पर्ने र व्यक्तिगत उजुरी भए प्रमुख जिल्ला अधिकारीले नै छानविन गर्न सक्ने र थप अनुसन्धान आवश्यक परे १५ दिनभित्रमा विभागमा पठाउनु पर्नेछ। यसअघि सबै खालका बैदेशिक रोजगारका उजुरी वैदेशिक रोजगार विभागलाई मात्रै हेर्ने अधिकार रहेको थियो ।

त्यस्तै श्रम स्विकृति (रि इन्ट्री)पनि विदेशस्थित कुटनीतिक नियोगबाटै लिन सकिने व्यवस्था गरिएको  छ । यस्तो श्रम स्विकृति बढिमा दुई पटक सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगले दिने व्यवस्था गरिएको छ। म्यानपावर कम्पनीले आफ्ना शाखा खोल्न सक्ने छन् भने एजेन्ट नियुक्त गर्न सक्ने हालको व्यवस्था हटाइएको छ । यो व्यवस्था अनुरुप हाल बैदेशिक रोजगार विभागबाट एजेन्टको इजाजत लिएकाहरुको लाइसेन्स पनि खारेज भएको छ। अब कानूनत कसैले पनि एजेन्टको रुपमा काम गर्न पाउने छैनन् ।   

नयाँ म्यानपावर लाइसेन्स लिन कडाई 

सरकारले म्यानपावर कम्पनीको नयाँ लाइसेन्स लिनमा पनि कडाइ गरेको छ। अबदेखि वार्षिक कम्तिमा तीन हजार कामदार विदेश पठाउने लक्ष्य राखी तोकिएको दस्तुर तिरेर मात्र म्यानपावरको नयाँ इजाजतपत्र  लिन सक्ने व्यवस्था गरिएको छ।  

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.