काठमाडाैँमा विस्फाेट गराउँदै हिडेका नेता बैठक सकेर फर्कंदै गर्दा पक्राउ
काभ्रे । नेकपा माओवादी विप्लव समूहका नेताहरु बैठक सकिएर फर्कदै गर्दा पक्राउ परेको विप्लव समूहका नेताहरुले बताएका छन् । ‘बैठकमा सहभागी भएर फर्कदै गर्दा नेताहरु पक्राउ परे’ –विप्लव समूहका एक नेताले बताए ।
प्रहरीले भने महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान काठमाडौंमा पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा रोशी गाउँपालिका–२ को काफलडाँडाबाट शिव धिमाल र विशाल तामाङलाई पक्राउ गरिएको बताएको छ ।
महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले काफलडाँडामा पुग्दा जम्काभेट भएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेकाले आत्मरक्षाका लागि ४ राउन्ड फायर गरेको बताएको छ ।
पक्रकाउ परेकाहरुको साथबाट मोबाइल ६ थान, चार्जर ४ थान, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र महान सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताव तथा अन्य मोबाइलहरु समेत फेला परेको प्रहरीले बताएको छ ।
उनीहरुलाई नख्खुमा रहेको एनसेल कार्यालय अगाडि गत फागुन १० गते बम विस्फोटन गराई एक जनाको मृत्यु भएको तथा दुई जना घाइते भएको र सोही दिन बेलुका काठमाडौको कमलपोखरी अगाडिको लोत्सेचोकमा रहेको आँगन मिठाई पसलमा बम विस्फोट गराएको अभियोग लगाइएको छ ।
फागुन २४ गते बेलुका वसुन्धरामा रहेको रोहन गुरुङको घरमा बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । सबै घटनामा विप्लव समूहका मध्यक्षेत्रीय कमान्डरहरु संलग्न रहेका प्रहरीको निष्कर्षसहित उनीहरुको खोजी गरिरहेको थियो ।
मध्यक्षेत्रीय कमान्डमा प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश ओलीको कमान्डमा काठमाडौंका सबै घटनामा पक्राउ परेका कमान्डहरुको संलग्नता रहेको थियो । ११ जनाको साे समूहमा विभिन्न जिल्लाका नेताहरु सहभागी थिए । काठमाडौमा आक्रमणपछि काभ्रेको रोशी तथा महाभारत क्षेत्रमा लुकेर बसेको प्रहरीको सूचना थियो । सोमबार देउपुर हुँदै विप्लब समूहको टोली रोशी गाउँपालिका माथि काफलडाँडा नजिकै बैठक बसेको थियो । याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
