मेडिकल कलेजमा संचालकको मनोमानी, सरकारकै निर्देशन टेर्दैनन्, त्रीवी निरीह
चैत ८, काठमाण्डौ । मेडिकल शिक्षा पढ्न चाहने जोकोहीले चाहेर पनि पढ्न चाँहदैनन् । नेपालको मेडिकल शिक्षा गुणस्तरीय मानिन्छ । तर महङ्गो पनि । त्यसमा पनि निजी क्षेत्रबाट संचालिन मेडिकल कलेजले त विद्यार्थीलाई लुटिरहेका छन् । सरकारले तोकेको शुल्कमा अनेक शीर्षक थपेर शुल्क बढाउने गरेका छन् । तर सरकारले नियमन गर्न सकेको छैन ।
सरकारले मेडिकल शिक्षा अर्थात एमबीबीएस पढ्न काठमाण्डौ उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । तर मेडिकल कलेजहरूले सरकारले तोकेबमोजिम नभईकन लाखौलाख रुपैया मनपरी रुपमा उठाउँदै आएका छन । निजी क्षेत्रबाट संचालिन मेडिकल कलेजहरुको मनोमानी बारम्बार सार्वजकि भएपछि मन्त्री परिषद् बैठकले २०७३ मंसिर २३ गते काठमाण्डौ उपत्यका र मोफसलमा मेडिकल पढ्दा लाग्ने शुल्क तोकेको थियो ।
सरकारले नै तोकेको शुल्कको खिल्ली उँडिरहेको छ । चिकित्सा शिक्षा ऐनमा आयोगले अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सक्ने प्रावधान छ । तर आयोगले पूर्णता पाइसकेको छैन । यसैको फाइदा उठाइरहेका मेडिकल कलेजप्रति सरकार मौन छ । अर्थात लुट्नेलाई लुट्न दिइरहेको छ । यस्तो प्रवृत्तिप्रति सरोकारावालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकार र सम्बन्धित निकायलाई पटक पटक सचेत गराएको दावी गर्ने विद्यार्थी संगठनहरु पनि कुन बेला के विषयमा सहमति गरेर पछि हट्छन् पत्तै हुदैन ।
हो, प्रत्येक वर्ष मेडिकल कलेजहरुले विभिन्न शीर्षक राखेर ठगी गरिरहदा पनि सम्बन्धीत निकायहरु कानमा तेल हालेर बस्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलप्रति तीर्थराज खनियाँले भने अवैध रकम असुली गर्ने मेडिकल कलेजहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । तर विरालोको घाँटीमा कसले घण्टी बाँध्ने भन्ने समस्या देखिएको छ ।
पछिल्लो समय सरकारले केही सकारात्मक संकेत भने देखाएको छ । सरकारले मेडिकल संचालकसँग छलफल गरे बढि लिएको शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने वातावरण सृजना गरेको छ । तर यसको कार्यान्वयन हुने हो कि हैन भन्ने आशंका भने यथावत नै छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
