विप्लब नेकपाका नेता ‘सुदर्शन’ सहित ९ जना पक्राउ परेपछि माओवादी केन्द्रको यस्तो बिज्ञप्ति
चैत १०, काठमाडौँ | विप्लब नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लगायत ९ जना नेता-कार्यकर्ताहरु पक्राउ परेपछि नेकपा माओवादी केन्द्रले बिना सर्त रिहाईको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका ७ मिल्चे स्थित बोरेनी नजिकबाट सरकारपक्षले ‘सुदर्शन’ सहित ९ जनालाई पक्राउ गरेको थियो ।
तश्वीरमा: नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’
पुनर्गठित माओवादी केन्द्रद्वारा जारी बिज्ञप्तिमा देशभरीनै भईरहेको धरपकडले संविधानले दिएको अधिकार समेत हनन् गरी जनविरोधी कृयाकलाप पर्दर्शन गरेर केपी ओली सरकार असफलताको दिशातर्फ जान खोजेको प्रष्ट संकेत भएको उल्लेख गरिएको छ ।
माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी (शुसील) मार्फत जारी बिज्ञप्तिमा देश भ्रष्टाचारले आक्रान्त बनेको, केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय नगरेर योजनाबद्ध ढंगले सरकारले संघीयता असफल पार्न खोजेको, दक्षिणपन्थी शंक्तिहरु, सरकारको संरक्षणमा रहेका शक्ति र संस्थाहरुले खुलेयाम रुपमा धार्मिक द्वन्द सृजना गर्दै देशलाई असफल बनाउन खोजेको बताइएको छ । बिज्ञप्तिमा राष्ट्रियतामा आंच दिने समुहसंग अस्वभाविक सम्बन्ध जोडेर तथा धार्मिक आन्दोलनलाई बैधानिकता दिएर नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाउनुले केपी ओली सरकारप्रति नै शंका उत्पन्न गराएको उल्लेख छ ।
माओवादी केन्द्रको बिज्ञप्तिको अन्त्यमा क्रान्तिकारी आन्दोलन दमन धरपकडबाट नियन्त्रण गर्न नसकिने भन्दै विप्लव नेतृत्वको नेकपा र सरकार पक्ष दुवैलाई वार्ता गर्न आग्रह गरिएको छ । ‘नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकास ओली लगायत देशभरका नेता कार्यकर्तालाई बिना सर्त रिहाईको लागि सरकार समक्ष नेकपा (माओवादी केन्द्र) जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
