राज्य विप्लव समूहलाई नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन-प्रधानमन्त्री
चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई कडा चुनौती दिएका छन् ।
संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लगाइएको निषेध फिर्ता नहुने बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई इंगित गर्दै भने ‘धेरै पल्ट हामीले आग्रह गर्यौं, मैले पनि धेरै पल्ट आग्रह गरें । तर लोकतान्त्रिक पद्धतिले भएको चुनावमा बम पड्काउने, निर्दोष मार्ने वा ज्यान मार्ने प्रयास गर्ने र चन्दाको नाममा लुटपाट गरियो । यस्तो नगर्न धेरै पल्ट भनियो तर मानेनन् ।’
प्रधानमन्त्री ओलीले भने ‘त्यस समुह जो कतै दर्ता छैन, त्यसको ठेगाना छैन, त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । विध्वम्श छोड भन्दा कतिलाई हनहनी ज्योरो आयो । यो लोकतान्त्रिक भएन ।’ ओलीले आफ्नो नेतृत्वको सरकार लोकतान्त्रिक नभएको भन्दै टिप्पणी गर्नेहरुलाई इंगित गर्दै प्रश्न गरे ‘अनि के लोकतन्त्रमा बम पड्काउन पाइन्छ ? चन्दाका नाममा लुट्ने काम गर्न पाइन्छ ? मान्छे मार्न पाइन्छ लोकतन्त्रमा ?’
प्रधानमन्त्री ओलीले महाभारतको युद्धको स्मरण गराउंदै भगवान श्रीकृष्णको चक्रको किस्सा सुनाए । भगवान कृष्णले सम्झाउँदा भएन बहने चक्र प्रहार गर्थे भन्ने बिषयलाई स्पष्ट पार्दै प्रधान मन्त्री ओलीले भने – ‘सम्झाउदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’
हतियार बुझाउन समय दिईएको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले तोकिएको समयभीत्र लुरुलुरु हतियार बुझाउन नआए कसरी हतियार लिनुपर्छ भन्ने कुरा सरकारलाई राम्ररी थाहा भएको भन्दै चेतावनी दिए । ओलीले भने ‘लोकतान्त्रिक आचरण अनुसार देश चल्नु पर्छ, त्यसमा सरकार एकदम दृढ छ ।’
ओलीले अगाडी भने ‘अब देशमा यस्तै प्रकारको अशान्तिको सृंखला जारी रहन्छ कि भन्ने कुरा त्यो कल्पना नगरे पनि हुन्छ र कसैले जारी राख्न सकिएला कि भन्ने कल्पना गरेको छ भने त्यो पनि नगरे हुन्छ । किन भने हामी बिकास निर्माणको लागि अगाडी बढ्यौं अब बिकासका काममा हामी बाधा पुर्याउन दिदैनौं ।’
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
