बाहिरिए मेरिबास्सैबाट धुर्मुस-सुन्तली पछी बल्छि र राजुमास्टर
काठमाडौं । बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन् । निर्माण कम्पनी मिडिया हवसँग बिभिन्न कुराहरुमा सहमति हुन नसक्दा बाहिरिएको बल्छिले जानकारी दिएका छन् ।
‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ । यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ।’, बल्छिले आफ्नो फेसबुकमा लेखेका छन् । सिताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबुढा)ले हात झिकेपछि बल्छि र राजुमास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए । अहिले केहिबर्ष पछि उनीहरुले पनि हात झिकेसँगै अब मेरिबास्सैमा बल्छि र राजुमास्टरलाई देख्न पाइनेछैन ।
‘हामी अब छिट्टै नै बल्छि र राजुमास्टरकै भेषमा अर्को सिरियल लिएर आउनेछौं, दर्शकले हामीलाई मेरिबास्सैकै भेषमा देख्न पाउनुहुनेछ’ बल्छिले आर्टिष्ट खबरसँग कुरागर्दै भने । बल्छिले आफूहरु स्क्रिप्ट राइटर भनेको खुल्ला आकाशमा उड्ने चरा जस्तै भएको बताएका छन् । उनको स्टाटसको आशय अनुसार निर्माण कम्पनीले केहि कुरामा बन्देज गरेको बुझिन्छ । ‘एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हरुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।’ बल्छिले लेखेका छन् ।
आज (आइतबार) मेरिबास्सैको छायांकन बल्छि र राजुमास्टरको अनुपस्थितीमा भइरहेको छ । बुझिए अनुसार अब मेरिबास्सै मनराज श्रेष्ठले निर्देशन गर्नेछन् । अब आउने मंगलबारको मेरिबास्सैको भाग ५९५ बाट बल्छि र राजुमास्टरलाई देख्न पाइनेछैन ।आर्टिष्ट खबर
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

