कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
चैत २३, काठमाण्डौ । नेपाली काङ्रेसको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक स्थगित भएको छ । केन्द्रिय कार्य सम्पादन समिती गठन गर्नका लागि तयारी नपुगेको भन्दै बैठक स्थगित भएको भनिएपनि पार्टी सभापति देउवा र बरिष्ठ नेता पौडेल–सिटौलाविच भागबन्डा नमिलेपछि बैठक स्थगित हो ।
लामो समयपछि शनिबारको लागि बोलाइएको कांग्रेस केन्द्रिय समिती बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्ने समेत अनिश्चत छ । शनिबारको बैठकमा पार्टीको कार्यसम्पादन समिती गठन गर्ने एजेण्डा रहेपनि नेताहरुविचको भागबन्डा नमिले पछि बैठक स्थगित भएको हो । पछिल्लो समय नेपाली कांग्रेस आफैभित्रको आन्तरिक द्धन्द्धमा फसेका कारण राष्ट्रिय मुद्दाहरुमा समेत खासै भुमिका खेल्न सकेका छैनन ।
पार्टी सभापति शेरबहादुर देउवाको पार्टीका नेता तथा कार्यकर्ताहरुबाट आलोचना भइरदां शनिबार पार्टीको केन्द्रिय समिती बैठक बोलाएर देउवा भने एक कार्यक्रमको लागि पोखरा गएका थिए । यसले पनि देउवा प्रति नेताहरु थप रुष्ट भएका छन ।
शनिबारको बैठकमा केही नेताहरु बाहेक शिर्ष नेताहरु पार्टी कार्यलय पुगेका थिएनन । यसले पनि कांग्रेसभित्रको विवादको पारो थप उकालो लागेको छ । तर शुक्रबार पार्टी सभापति देउवाले बोलाइएको छलफलमा सभापति देउवा र वरिष्ठ नेता पौडेलविच कार्यसम्पादन समिती गठनमा सहमती भएको भनिएपनि त्यो भने अझै मिल्न सकेको छैन ।उता पुर्वमहामन्त्री समेत रहेका अर्का नेता कृष्ण सिटौला पनि असन्तुष्ट छन । तर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केही तयारी नपुगेकाले बैठक स्थगित हुनपरेको दावी गरेका छन ।
यसअघि असन्तुष्ट जिल्ला सभापतिहरुले यही चैत २० र २१ गते काठमाडौमा सम्पन्न भेलाले केन्द्रिय समिति बैठकबाट विधान परिमार्जन गर्ने म्यान्डेट दिएका थिए ।शनिबारको बैठक स्थगित भएसंगै कांग्रेसभित्रको आन्तरिक किचलो झन् बढ्ने देखिएको छ । यो संगै शनिबारको केन्द्र्रिय समितीको बैठकबाट पार्टीले केही निकास पाउछ की भन्ने आश र भरोसा गरेका पार्टीका नेता तथा कार्यकर्ता थप निराश भएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
