समृद्ध नेपाल सुखी नेपाली : व्यवहार र शैली परिवर्तन ओलीलाई चुनौति
चैत २३, काठमाण्डौ । राष्ट्रिय योजना आयोगले तयार पारेको पञ्चवर्षीय योजनाहरु अति महत्वाकांक्षी र विना आधार तयार पारिएको भन्दै व्यापक आलोचना भइरहेका वेला राष्ट्रिय विकास परिषदको बैठकले पन्ध्रौं योजनाको आधारपत्र पारित गरेको छ । परिषद्बाट स्वीकृत आधारपत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि आगामी साउन १ गतेदेखि २०८०÷८१ सम्म कार्यान्वयनमा ल्याइने छ ।
राजधानीमा बिहीबार सम्पन्न बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच बर्ष ‘समृद्ध नेपाल सुखी नेपाली’मा आधारित भएर तोकिएको लक्ष्य पूरा हुने गरी सरकारले काम गर्ने बताएका थिए । प्रधानमन्त्री ओली कै भनाइलाई आधार मान्ने हो भने सरकारले लिएको लक्ष्य पूरा गर्न पाँच वर्षमा कम्तीमा राष्ट्रिय उत्पादन ५० प्रतिशतले बृद्धि गर्नुपर्ने हुन्छ ।
त्यसलाई बढाएर ९० प्रतिशत पु¥याउने र युवा साक्षरता ८५ प्रतिशतबाट बढाएर ९९ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । यस्तै ११ दशमलब चार प्रतिशतको बेरोजगारी दरलाई घटाएर छ प्रतिशतमा झार्ने लक्ष्य छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार १२ अमेरिकी डलर रहेकोमा त्यसलाई बढाएर १६ सय डलर पु¥याउने महत्वाकांक्षी योजना ल्याइएको छ ।
योजनामा रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ३६.५ प्रतिशतलाई बढाएर ५० प्रतिशतमा पु¥याईने भनिएको छ । अहिले ७८.९ प्रतिशत परिवारमा मात्रै यातायातको पहुँचमा पुगेको स्थितीमा ९५ प्रतिशतमा पु¥याईने लक्ष्य आयोगले लिएको छ ।
विद्युतमा पँहुच पुगेका परिवार ९०.७ प्रतिशतलाई बढाएर ९९ प्रतिशतमा पु¥याईने छ । कुल जनसंङ्ख्याको ५५.४ प्रतिशत इन्टरनेट प्रयोगकर्ता रहेकोमा त्यस्लाई बढाएर ७५ प्रतिशतमा पु¥याईने सरकारी लक्ष्य छ ।
हाल १०२० मेगावाट जडित क्षमताको विद्युत उत्पादन भईरहेको छ । विद्युत उत्पादनलाई बढाएर ५ हजार मेगावाट पु¥याईने छ । आयोगकाअनुसार कृषि, बन र खानीको २३ प्रतिशत, उद्योगको १४.२ प्रतिशतबाट बढाएर १९.१ प्रतिशत पु¥याईने छ ।
योजनामा कुल जनसङ्ख्याको ४. ४ प्रतिशत सेयर बजारमा लगानी गर्ने जनसङ्ख्या रहे पनि यसलाई बढाएर १२ प्रतिशत पु¥याईने लक्ष्य राखिएको छ ।
अनुत्पादक क्षेत्रको रुपमा सेयर बजारलाई चित्रण गर्दै सरकारले बजार विस्तारमा अंकुश लगाउदै जाँदा सेयर बजार साढे तीन वर्षयताकै न्यून विन्दुमा पुगेको छ । यस्तो अवस्थामा योजना कार्यान्वयन गर्ने खालका संयन्त्रहरुको तयारी बिना नै योजना ल्याईएको भन्दै सरोकारवाला निकायहरुले आलोचना गर्ने गरेका छन् । सरकारी प्रशासनिक निकायको ढिलासुस्ती र कार्यान्वयन गर्ने निकाय मन्त्रालयहरुको व्यवहार र शैली परिवर्तन नगरीकनै ल्याईएका योजना कार्यान्वयनमा निकै चुनौती देखिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
