धरानमा बस दुर्घटना : ४ जनाको मृत्यु
जानकारी केन्द्र
२०७५, चैत्र, २६
बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। केही समयअघि धरान १३, जिरोपोइन्टमा बस दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएका छन्। घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस दिउँसो करिब १ बजेतिर दुर्घटना भएको हो। बस ब्रेक फेल भएको अनुमान छ। जिरोपोइन्टमा बस पल्टिएर विजुलीको पोलमा ठोक्किएको थियो।
ना ६ ख २७१३ नम्बरको बस विजुलीको पोलमा ठोकिदा अगाडिको भाग च्यापिदा घाइते चालकलाई समयमै उद्दार गर्न नसक्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीको भनाई छ। बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। घाइतेहरु ३० भन्दा बढी रहेको अनुमान छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
