गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसंघ, २७ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरु समक्ष गर्नु भएको छ ।आर्थिक तथा सामाजिक परिषद इकोसोकको युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षामा लगानीको वातावरण बनाउन सके विश्वका युवाको जीवनमा नयाँ मोड आउनेछ भन्नुभयो ।
महासचिव गुटेरेसले गुणस्तरीय शिक्षाका क्षेत्रमा लगानी गरी युवा वर्गलाई बेरोजगार हुनबाट जोगाउनुपर्नेमा पनि जोड दिनुभयो । हाल विश्वमा युवावर्गको बेरोजगारी दर बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै उहाँले यस्तो अवस्थाको न्यूनीकरणका लागि शिक्षाका क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको धारणा राख्नुभयो ।
हाल विश्वमा कम्तीमा ६ करोड ४० लाख युवा बेरोजगार रहेका, १ करोड ४५ लाख युवा गरिबीको चपेटामा रहेका तथा करिब ६१ करोड ७० लाख युवालाई सामान्य हिसाब पनि नआउने अवस्था रहेको महासचिव गुटेरेसले बताउनुभयो ।
त्यसैगरी युवती पनि ठूलो संख्यामा शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट बन्चित हुन पुगेको उहाँको भनाई थियो ।
उहाँले युवाको तुलनामा किशोरीहरुलाई बिना ज्याला काममा लगाउने गरिएको र उनीहरुले बाँच्नकै लागि बाध्य भएर श्रम गर्नु परिरहेको पनि बताउनुभयो । महासचिव गुटेरेसले विश्वका कतिपय क्षेत्रमा किशोरीहरुलाई बिना ज्याला काम लगाइने र बेरोजगार युवतीको संख्या युवाको तुलनामा झण्डै दोब्बर रहेको छ भन्नुभयो ।महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकाससम्बन्धी लक्ष पूरा गर्नका लागि पनि विश्वका देशहरु, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले युवा लक्षित गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह गर्नुभयो ।एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
