रात्रिबस दुर्घटना, २३ घाइते एकको अवस्था गम्भीर
जानकारी केन्द्र
२०७५, चैत्र, २७
डडेल्धुरा, २७ चैत । मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् ।
घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
