पाथीभराबाट दर्शन गरि फर्किएको भ्यान सुकेटारमा दुर्घटना, ११ जना घाइते, ५ जना गम्भीर
जानकारी केन्द्र
२०७५, चैत्र, २८
चैत २७, ताप्लेजुङ । पाथीभरा दर्शन गरि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गएराति दुर्घटना हुँदा ११ घाइते भएका छन् । तीर्थयात्री बोकेको मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको हो ।
घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।
गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ ।
घाइते सबै बारा निजगढका हुन् । बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
