कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी होइन भनेर स्थापित गर्नुपर्ने छ : अध्यक्ष प्रचण्ड
सरकार र पार्टी विकास निर्माणका कामलाई अगाडि बढाउने अभियानमा लाग्ने अध्यक्षको भनाई थियो ।पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने अध्यक्ष प्रचण्डको भनाई थियो । ‘आउने चार वर्षमा हामीले नेपाली जनताका अगाडि जे संकल्प र प्रतिबद्धता गरेका छौँ र जनताले जुन भरोसा गरेर मत दिएका छन्, त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ ।’
एकअर्को प्रसंगमा अध्यक्ष प्रचण्डले जीवन उपयोगी शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘व्यवहारिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई बढाउँदै र सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै लैजाने नीति हामीले लिएका छौं । शिक्षामा आमुल सुधार गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक प्रस्तुतसमेत भएको छ ।’
अध्यक्षले भन्नुभयो, ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन तबसम्म हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन सक्दैन ।’ उहाँले निर्वाचनका समयमा आश्वासन दिइएका शिक्षाका मुद्धा विस्तारै पूरा भइरहेकोसमेत बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अब बेरोजगार पैदा नभएर रोजगार पैदा गर्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयोे, ‘आउने दिनमा शिक्षाको क्षेत्रमा बेरोजगार पैदान गर्ने होइन रोजगार पैदा गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले समृद्धिको सपनालाई पूरा गर्नका लागि त्यस किसिमको शिक्षा नीति बनाउन आफूहरु केन्द्रित भएको बताउनुभयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
