मकै भाच्ने मेशिनको सफल परीक्षण
जानकारी केन्द्र
२०७६, बैशाख, १४
लमही। मकै सुपरजोनअन्तर्गत दाङको लमही– ८ सतबरियामा मकै भाच्ने मेशिनको परीक्षण गर्दै किसान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ ।
आर्थिक वर्ष २०७३ /७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस वर्ष थप तीन सय हेक्टर क्षेत्रफलमा खेती हुन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (मकै सुपरजोन) लमहीले जानकारी दिएको छ ।
परियोजनाले मकै सुपरजोनलाई सफल पार्न मकै खेतीलाई पूर्ण यान्त्रिकीकरण गरी मल उत्पादन र बजारीकरणका साथै गुणस्तर बीउ उत्पादनसमेत गरिदै आएको छ । मकै खेतीमा मलका रूपमा प्रयोग गर्न वर्षको ६० टन गड्यौली मल उत्पादन भइरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
