नेयमारले तीन खेल खेल्न नपाउने
काठमाडौं, वैशाख १४ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमारलाई तीन खेलको प्रतिबन्ध लगाएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको भन्दै युएईएफएले नेयमारलाई प्रतिबन्ध लगाएको हो ।
च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसँग ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । युनाइटेडसँगको हारपछि बेञ्चमा रहेका नेयमारले सामाजिक सञ्जालमा रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै आपत्तिजनक प्रतिक्रिया लेखेका थिए ।
नेयमारले इन्स्टाग्राममा फुटबल नबुझेको रेफ्रीले ह्याण्डबल दिएको भन्दै आपत्ति जनक शब्द लेखेका थिए । प्रतिबन्धसँगै नेयमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल गुमाउने छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
